काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण खोजेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका हुन् ।
आज संसदमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले यही सहयात्रामा जानु थियो भने पुस १० गते तापईँले किन सहमति किन गर्नुभयो भन्दैँ प्रश्न गरे । एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेससँग मिल्नुको जवाफ प्रचण्डले दिनुपर्ने उनको माग छ ।
‘यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाई त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ?’, पौडेलले प्रश्न गर्दै भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ ।’, उनले भने ।
गत पुस १० गते पहिलो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्रलाई प्रधानमन्त्री बनाउन अटेर गरेपछि प्रचण्ड एमालेको कित्तामा पुगेका थिए । प्रचण्ड पुस १० गते नै नेकपा एमालेसहित अन्य साना ७ दलको समर्थनमा प्रधानमन्त्री बने । तर, राष्ट्रपति निर्वाचनमा एमालेलाई धोका दिँदै प्रचण्ड पुन नेपाली कांग्रेससँग मिलेका छन् ।




प्रतिक्रिया