बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ। संघीय सरकारबाट बाहिरिएर प्रतिपक्षमा बसेको एमाले बागमती प्रदेशबाट पनि बाहिरिने भएको हो ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेको तर्फबाट सरकारमा सहभागि चार जना मन्त्रीहरुले राजीनामा दिने भएका छन् । नेकपा एमालेले सरकारबाट बाहिरिने तयारी गरेपछि मुख्यमन्त्री जम्मरकट्टेललाई विश्वासको मत दिने की नदिनेबारे केही निर्णय गरेको छैन् ।

सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको बिपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।