‘एमाले प्रचण्ड सरकार र गठबन्धन भत्काउने योजनामा छैन’

‘एमाले प्रचण्ड सरकार र गठबन्धन भत्काउने योजनामा छैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन भत्काउने कुनै पनि योजना नबनाएको बताएका छन्।

बिहीबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र १० दलीय गठबन्धन भत्काउन नेकपा एमालेले कुनै पनि योजना नबनाएको बताएका हुन् ।

सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता थप बढ्ने उनको भनाइ छ । ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउनतिर लाग्दैनौं। सरकारले देश र जनताका पक्षमा काम गरे साथ दिन्छौं। फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौं,’ उनले भने।

सरकारले देश र जनविरोधी काम गरे एमालेले त्यसको विरोध गर्ने उनले बताएका छन् । उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे।

उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । गत पुस १० गते नेकपा एमालेसहित अन्य साना दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड हाल भने कांग्रेससँग मिलेका छन् ।