मन्त्रीहरुले राजीनामा दिए पनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

मन्त्रीहरुले राजीनामा दिए पनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको दाबी गरेका छन्।

मंगलबार प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन्।

उनले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैंले सहजीकरण गर्न आग्रह गरेको बताए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए।

उनले मधेस प्रदेश सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गरे।