संक्रमणकालीन न्यायः फास्ट ट्रयाकमा लैजाने प्रधानमन्त्रीको प्रस्ताव, एमालेको असहमति


संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तापक्षको प्रस्ताव एमालेले अस्वीकार गरेको छ । सभामुख देवराज घिमिरेसंग आज भएको शीर्ष नेताहरूको छलफलमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिमा लैजानुपर्ने बताएका हुन्।

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताए।

बैठकपछि प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएका संवैधानिक परिषद्, संक्रमणकालीन न्याय र सम्पत्ति सुद्धिकरढण विधेयकलाई फास्ट ट्रयाकमार्फत लैजाने बिषयमा छलफल भएको बताए।

त्यस बिषयमा सत्तारुढ दलहरु सहमत भएपनि एमालेले फरक मत राखेको उनको भनाई छ । एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement