कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आइतबार साँझ नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको थियो । जसअनुसार एमालेका तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए। यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो ।