अमृतपालको खोजिमा भारतीय अधिकारी अनुमति विनै नेपाल आएकोबारे एमालेले संसदमा उठायो प्रश्न

अमृतपालको खोजिमा भारतीय अधिकारी अनुमति विनै नेपाल आएकोबारे एमालेले संसदमा उठायो प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालले भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहको खाजिमा भारतीय सुरक्षा अधिकारी अनुमति विनै नेपाल आएको भन्दै संसदमा प्रश्न उठाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएको बताउँदै प्रश्न उठाएको हुन् ।

अनुमति विनै भारतीय सुरक्षा अधिकारी नेपाल आएर नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा गरेको उनको भनाइ छ । बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको सांसद पन्तले दाबी गरे ।

‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन् । कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन ।’, उनले भने ।

अरु देशबाट भागेर आएका अपराधीलाई नेपाल प्रहरीले पक्राउ गरेको बताउँदै उनले भारतीय सुरक्षाकर्मी अनुमति विनै नेपाल प्रवेश गर्नुले सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्ने दाबी गरे ।

‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ । उदाहरणको लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो ।’, सांसद पन्तले भने ।

हाल भारतीय सुरक्षा अधिकारीहरुले अमृतपाललाई नेपालमा खोजि गरिरहेका छन् । यता नेपाल प्रहरीलेलाई भने अमृतपालको खोजिमा भारतीय सुरक्षा अधिकारीहरु नेपाल आएकोबारे केही जानकारी छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रबक्ता पोषराज पोखरेलले अमृतपालको खोजिमा भारतीय सुरक्षा अधिकारीहरु नेपाल नआएको जिकिर गरेका छन् अमृतपाल पनि नेपालमा नरहेको उनको भनाई छ ।