काठमाण्डु – नेकपा एमालेले विधान महाधिवेशन प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । सोमबार केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न चार वटा मस्यौदा समितिको नाम पेश गरेका छन् ।
उक्त समितिले तयार पारेको मस्यौदालाई स्थायी र केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान महाधिवेशनमा पेश गरिनेछ ।
यस्ता छन् प्रस्तावित मस्यौदा समिति
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा सात जना सदस्य रहेका छन् । जसमध्ये वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहेका छन् ।
महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल सदस्य रहेका छन् ।
यस्तै विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिएको छ । समितिमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह सदस्य छन् ।
रामबहादुर थापा बादलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा सदस्य छन् ।




प्रतिक्रिया