शुक्रबार एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने

शुक्रबार एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले शुक्रबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । उक्त बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने जनाइएको छ ।

यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने र त्यसका लागि सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सचिवालय बैठकले नेताहरुलाई कार्ययोजनासहित जिम्मेवारी दिएर जिल्ला पठाउन लागेको हो ।

त्यस्तै बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।