राष्ट्रपति संसदभन्दा माथि हुँदैन, संसदको विशेषाधिकार हनन् गर्नेमाथि कारबाही हुनुपर्छ: एमाले


काठमाण्डु- नेकपा एमालेले राष्ट्रपति संसदभन्दा माथि नहुने बताएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद योगेश भट्टराईले राष्ट्रपति संसदभन्दा माथि नहुने बताएका हुन् । त्यस्तै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे ।

‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको संसदको अंग हो। राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ। मृत्यु भइसकेको विधेयकलाई व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वद्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्यूताइदिउन त एकपटक। यदि ब्यूताउने अधिकार छ भने।’, उनले भने ।

सदको विशेषाधिकार हनन् गर्नेमाथि कारबाही हुनुपर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement