एमालेले ७० वर्षे उमेर हद हटाउने

एमालेले ७० वर्षे उमेर हद हटाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एमालेले ७० वर्षे उमेर हद हटाउने तयारी गरेको छ । १० वर्षअघि काठमाण्डौंमा भएको एमालेको १० औं महाधिवेशनबाट ७० वर्षे उमेर हद राखिएको थियो । तर, जेठ १९ मा बसेको एमालेको सचिवालय बैठकले उमेर हद हटाउने प्रस्ताव पारित गरेको हो ।

एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आए एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत तेस्रो पटक अध्यक्ष बन्न बाटो खुल्नेछ ।