एमालेमा फर्किन बामदेव गौतमले ओलीसमक्ष राखे १२ बुँदे सर्त (पूर्ण पाठसहित)


काठमाण्डु- राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमालेमा फर्कन लिखित सर्त राखेका गरेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतमले एमालेले ७० वर्षे उमेर हद हटाएपछि एमालेमा फर्किन चाहेका हुन् । जसअनुसार उनले एमालेमा फर्कन १२ बुँदे लिखित सर्त राखेका हुन् ।

एमालेमा फर्किन इच्छुक देखिएका गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनले आफूले चाहेको जस्तो व्यवस्थापन भए एमालेमा फर्किने सर्त राखेका हुन् । आइतबार गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

ओलीसँगको भेटपछि उनले आफूले चाहेको जस्तो व्यवस्थापन भए एमालेमा फर्किने बताएका थिए । यसैबीच एमालेमा फर्किन ओलीलाई वामदेवले १२ बुँदे लिखित सर्त पनि बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement