काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने भएको छ । राष्ट्रघात र बेइमान अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्ने भएको हो ।
भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।
‘उहाँ (प्रतिम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाण्डुमा नेताहरु-साथीहरुसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर एमालेले विरोध जनाएको थियो । यसैबीच बुधबार आकस्मिकरुपमा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले संसदमा राजीनामा माग्ने निर्णय गरेको हो ।




प्रतिक्रिया