एमालेले निर्वाचन आयोगलाई भन्याे : मिल्दाेजुल्दाे पार्टी दर्ता नगर्नू

एमालेले निर्वाचन आयोगलाई भन्याे : मिल्दाेजुल्दाे पार्टी दर्ता नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, अंग्रेजी नाम वा अन्य कुरा मिल्ने गरि कुनै पनि पार्टी दर्ता नर्गन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले निर्वाचन कमिटीका सचिव एवम् अधिवक्ता बाबुराम दाहालका अनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग मिल्ने नाम लगायत दिन नमिल्ने भएकाले यससँग मिल्दोजुल्दो हुने गरि अन्य पार्टीको नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको सुनिएकोले ध्यानाकर्षण गराइएको हो ।

उनले भने , ‘नेकपा एमालेसँग मिल्नेगरि कुनै पनि नाम वा अरु कुरा दिन मिल्दैन। निर्वाचन आयोग पुगेर यही कुरा ध्यानाकर्षण गराएका हो । आयोगले पनि मिल्दो नाम दर्ता हुँदैन भन्नुभएको छ ।’ नेकपा एमाले विभाजन गरेर माधवकुमा नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको थियो । यसै विषयलाई लिएर ओली पक्ष निर्वाचन आयोग पुगेको हो ।

आयोगकै सुझाव अनुसार नेपाल समुहले पार्टीको नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरेको छ । । निर्वाचन चिह्नबारे भने अझै टुंगो लागेको छैन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल पक्षले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको जनाइएको छ ।