एमालेको उच्चस्तरीय टोली चीन भ्रमणमा जादैँ, को-को छन् टोलीमा ?

एमालेको उच्चस्तरीय टोली चीन भ्रमणमा जादैँ, को-को छन् टोलीमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमालेको उच्चस्तरीय टोली आइतबार चीन भ्रमणमा जाने भएको छ । पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीले भदौ १७ देखि २९ गतेसम्म चीनको भ्रमण गर्न लागेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा भ्रमणमा जान लागेको एमालेको उच्चस्तरीय टोलीले ग्वान्झाओ, बेइजिङ र चिन हाईको भ्रमण गर्नेछ । त्यसैगरी भदौ १७ गते चोङचिङ जाने टोली भदौ २१ गते चीनको राजधानी बेइजिङ पुग्नेछ । बेइजिङमा सीपीसीका उच्च अधिकारीहरूसँग उक्त टोलीले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

२१ सदस्यीय भ्रमण टोलीमा पोखरेलसहित विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, विदेश विभागमा चीन डेस्कका प्रमुख गोपाल खनाल, केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ, कल्पना थापा, मानवीर राई, नीरज आचार्य, रचना खड्का रहेका छन् ।

त्यसैगरी टोलीमा केन्द्रीय सदस्यहरू अजय गुप्ता, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी, राम राना, राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमाल, प्रेस चौतारी उपाध्यक्ष राजेश राई, नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० महासचिव लक्ष्मण शर्मा र महासचिवका स्वकीय सचिव सरोज रेग्मी रहेका छन् ।