यी हुन् आकस्मिक बसेको एमाले बैठकले गरेका चार निर्णय


काठमाण्डु- नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आकस्मिक बसेको सचिवालय बैठकले नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

त्यस्तै एमालेले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको छ । त्यस्तै बैठकले पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको जनाइएको छ ।

संविधान सभाका अध्यक्षसमेत रहेका एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको थियो । राति एक बजेतिर बालुवाटारस्थित निवासमा उनी बेहोस भएका थिए । परिवारका सदस्यहरुले उनलाई बेहोस अवस्थामै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement