नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय लगियाे


काठमाण्डु- नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल लगिएको हो ।

नेम्वाङको पार्थिव शरीरलाई मंगलबार दिनभर च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ। संविधान सभाका तत्कालीन अध्यक्ष रहेका नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement