यी हुन् एमाले बागमतीको अध्यक्षका लागि पाँच जना उम्मेदवार

यी हुन् एमाले बागमतीको अध्यक्षका लागि पाँच जना उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमाले बागमती अधिवेशनमा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् । मतदान बिहीबार बिहान ८ बजेदेखि सुरू हुनेछ।