नेपाल समुह छाडेका नेताहरु एमाले स्थायी समिति बैठकमा सहभागी हुने

नेपाल समुह छाडेका नेताहरु एमाले स्थायी समिति बैठकमा सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे स्थायी समिति बैठक बोलाएका छन् । माधवकुमार नेपाल पक्षबाट अलग भएका नेताहरु संगको छलफलपछि अध्यक्ष ओलीले स्थायी समिति बैठक बोलाएका हुन् ।

पछिल्लो समयमा नेपाल पक्षबाट अलग्गिएका एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरु आज अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

ओली संगको छलफल पछि उनीहरु मंगालबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका हुन् । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यस यता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् ।