एमाले मधेश प्रदेशको अधिवेशन असोज २४ र २५ गते हुने, लोगो सार्वजनिक

एमाले मधेश प्रदेशको अधिवेशन असोज २४ र २५ गते हुने, लोगो सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा एमाले मधेशले प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले असोज २४ र २५ गते हुने अधिवेशनको नारा समेत सार्वजनिक गरेको छ ।

एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रूपमा नारा र लोगो सार्वजनिक गरेका छन् ।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखिएको छ ।

२०८४ सालको निर्वाचनसम्म यही नारालाई मधेश प्रदेशभर विस्तार गर्ने र यही नाराको वरिपरि मधेशलाई एकताबद्ध गर्ने पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले बताए ।

सार्वजनिक गरिएको लोगोले मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकतालाई उजागर गरिएको जनाइएको छ ।

महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्र भवनमा हुने अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम छ ।