काठमाण्डु – नेकपा एमाले बागमती प्रदेशको निर्वाचन कार्यक्रम संशोधन भएको छ ।
संशोधित कार्यक्रमअनुसार मतदान भोलि शुक्रबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ ।
आज बिहीबार राति ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी रहेकाले निर्वाचन कार्यक्रम संशोधन गरिएको जनाइएको छ । साँझ ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
यसअघि पनि पटक–पटक निर्वाचन कार्यक्रम सर्दै आएको छ । अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशवबहादुर बुढाथोकी मैदानमा देखिएका छन् ।




प्रतिक्रिया