एमाले बागमती अधिवेशनः अध्यक्षका लागि दाहाल र ढुंगेल भिड्ने

एमाले बागमती अधिवेशनः अध्यक्षका लागि दाहाल र ढुंगेल भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । आज भएको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेसँगै कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् । साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन मण्डलले भोलि विहान ८ बजेदेखि मतदानको समय तोकेको छ ।