यी तीन जना एमाले कर्णाली अध्यक्षका लागि भिड्दैँ


काठमाण्डु- एमाले कर्णाली प्रदेश अध्यक्षका लागि तीन जनाबीच भिडन्त हुने भएको छ ।

एमाले कर्णाली प्रदेश अध्यक्षका लागि उम्मेदवारी दिएका राजबहादुर शाहीले र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएसँग तिन जनाबीच भिडन्त हुने भएको हो । उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दिएका थिए । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement