सुन तस्करी प्रकरणः एमालेको माग बमोजिम आयोग गठन गर्ने सहमति जुट्याे


काठमाण्डु- सुन तस्करी प्रकरणमा नेकपा एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे सहमति भएको हो ।

बालुवाटारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नृृकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायत सहभागि थिए ।

आयोगले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकसुमा राखी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने जनाइएको छ । त्यस्तै सुन तस्करी छानविनका लागि गठन गर्ने आयोगको कार्यदेशमा सहमति जुटेसँगै नेकपा एमालेले सदन अवरोध नगर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement