एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग निर्वाचित, पदाधिकारीमा को-को भए निर्वाचित ?


काठमाण्डु- नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणनामा एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह निर्वाचित भएका हुन् ।

त्यस्तै पदाधिकारीमा पनि गुलाबजंग शाहको टिम निर्वाचित भएको छ । अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकोटका मीन बहादुर शाही र प्रकाश रोकायलाई हराउँदै उनी निर्वाचित भए । शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत प्राप्त गरे ।

जसअनुसार उपाध्यक्षमा टेकराज पछाई, सचिवमा ध्रुव बहादुर शाही विजयी भएका छन् । यस्तै, उपसचिवमा रवीन्द्रराज शर्मा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement