१० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने एमालेको निर्णय

१० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले १० बुँदे एकता प्रस्तावलाई कार्यान्वयन गर्ने भएको छ । बिहीवार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा पार्टी विभाजन भएपछि पहिलो पटक बसेको बैठकले स्थायी समिति बैठकले गरेको प्रस्ताव अनुसार १० बुँदे प्रस्ताव अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘आजको बैठकले स्थायी समितिले गरेका निर्णयहरू अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको छ।’

ज्ञवालीका अनुसार जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।

यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने  उनले बताए ।  त्यसैगरी आज बसेको बैठकले एमाले विभाजनमा लाग्नेहरूमाथि कानुन अनुसार कारवाही गर्ने समेत निर्णय गरेको छ । उनीहरुले गल्ती सुधार गरेर आए पार्टीले स्वीकार गर्ने समेत जनाइएको छ ।