काठमाण्डु- नेकपा (एमाले)को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ। बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको अभियान अन्तर्गत एमालेको टोली कर्णाली प्रवेश गरेको हो।
आइतवार मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको थियो ।
कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेका थिए। अभियान पुस १ गते पाँचथर पुगेर सकिने एमालेले जनाएको छ ।




प्रतिक्रिया