काठमाण्डु- नेकपा एमालेले उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो । एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए ।




प्रतिक्रिया