एमालेले भन्यो – प्रमाण भेटिए गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ

एमालेले भन्यो – प्रमाण भेटिए गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाण सहितको उजुरी परे राजीनामा दिनुपर्ने बताएका छन् ।

आईतबार बसेको सचिवालय बैठका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले प्रमाण सहितको उजुरी दर्ता भएमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए ।

गृहमन्त्री लामिछानेमाथि कुनै नियामक निकायमा उजुरी नपरेको उनले दाबी गरे । ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही हुनेछ, छानबिनका लागि मार्गप्रशस्त गरिदिनुपर्छ,’ उनले भने ।

कांग्रेसले राजनीतिक प्रतिशोध साँध्नका लागि संसद् अवरोध गरेको उनले दाबी गरे । एमालेको एक मात्र ध्यान सुशासन, विकास समृद्धि र जनतामा भरोसा जगाउने विषयमा रहेको बताउँदै उनले कुनै पदका लागि एमालेले ध्यान नदिने बताए ।

बैठकले रुसको मस्कोमा भएको आतंककारी हमलाको निन्दा र भत्र्सना गर्दै जस्तोसुकै आवरणमा हुने आतंकवादी हमलाको विरोधमा एमाले उत्रिने निर्णय गरेको छ ।