काठमाण्डु- नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । उपाध्यक्ष पदका लागि घिमिरेलाई उम्मेदवार बनाउने राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बताए ।
चार दलीय गठबन्धनको बैठकले भने सुरुमा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो । राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुने भएको छ ।




प्रतिक्रिया