काठमाण्डु – नेकपा एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
बैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारीका निम्ति बैठक बसेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने गरी तोकिएको छ ।
सचिवालय बैठकमा कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसका विषयमा पनि छलफल गरिने जनाइएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने प्रमुख गौतमले बताए ।




प्रतिक्रिया