विधान महाधिवेशन प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो १० वटा समूह

विधान महाधिवेशन प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो १० वटा समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको हो ।

अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेश गरेका प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको छ ।

१० वटा टोलीमा जनसंगठन तथा विभागहरु, प्रवास र उपत्यका विशेष कमिटीसमेत समेटेर समूह निर्माण गरिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।