अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले महाधिवेशन

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले महाधिवेशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा सुरु भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् ।

१५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।

एमालेले ६ हजार बढी प्रतिनिधिलाई सहभागी गराएर विधान महाधिवेशन गर्दैछ ।