कोशीमा एमाले संसदीय दलका उपनेता परिवर्तन

कोशीमा एमाले संसदीय दलका उपनेता परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले तिलकुमार मेन्याङ्बोलाई दलको उपनेता चयन गर्ने निर्णय गरको हो ।

यसअघि एमाले संसदीय दलको उपनेता रहेका राम राना आर्थिक मामिला तथा योजनामन्त्री बनेपछि परिवर्तन गरेर मेन्याङ्बोलाई जिम्मेवारी दिइएको हो एमाले सचेतक कमला दर्नालले जानकारी दिइन् ।