एमाले जिल्ला अधिवेशनः ६० जिल्लामा सम्पन्न, अन्य जिल्लामा कहिले हुँदैछ ?

एमाले जिल्ला अधिवेशनः ६० जिल्लामा सम्पन्न, अन्य जिल्लामा कहिले हुँदैछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको जिल्ला अधिवेशनबाट हालसम्म ६० जिल्लामा नेतृत्व चयन भइसकेको छ । ६० जिल्ला मध्ये अधिकांश जिल्लामा सर्वसम्मत रुपमा अध्यक्ष छानिएका छन् ।

सर्वसम्मत हुन नसकेका जिल्लामा चुनावमार्फत नेतृत्व चयन भइरहेको छ । एमालेले ८ जिल्लामा अधिवेशनको मिति ताेकेकाे छ, भने १३ जिल्लाको मिति तोकेको छैन ।

जसअनुसार जेठ १८ र १९ गते नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन हुने भएको छ । त्यस्तै जेठ २० र २१ गते प्यूठान जिल्लाको अधिवेशन गर्ने एमालेको तयारी छ । त्यस्तै जेठ २२, २३ र २४ गते नेकपा एमाले नुवाकोटको जिल्ला अधिवेशन हुने भएको छ ।

त्यस्तै जेठ २३ र २४ गते नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन हुने भएको छ । त्यस्तै जेठ २६ र २७ गते अर्घाखाँची जिल्लाको अधिवेशन गर्ने तयारीमा एमाले छ । यता काठमाण्डु जिल्लाको अधिवेशन जेठ २६, २७ र २८ गते गर्ने एमालेको तयारी छ ।

त्यस्तै जेठ २८, २९ र ३० गते नेकपा एमाले काभ्रे जिल्लाको अधिवेशन हुने भएको छ । त्यस्तै जेठ २९ र ३० गते गुल्मी जिल्लाको अधिवेशन गर्ने एमालेको तयारी छ । इलाम, मोरङ, धनुषा, सिराहा, सप्तरी, डोटी, अछाम, बझाङ, मनाङ र डोल्पामा हुने अधिवेशनको मिति भने एमालेले अहिलेसम्म तोकेको छैन ।