उत्तेजना फैलाउने काम बन्द गर्न मेयर बालेनलाई एमालेको आग्रह

उत्तेजना फैलाउने काम बन्द गर्न मेयर बालेनलाई एमालेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाण्डु महानगरपालिका मेयर बालेन शाहलाई उत्तेजना नफैलाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बाल्दै भट्टराईले मेयर बालेनलाई उत्तेजना नफैलाउन आग्रह गरेका हुन् । एमालेले मेयर बालेनलाई सहयोग गर्न तयार भएको बताउदै पछिल्लो सयम बालेनले उत्तेजना फैलाउने काम गरेको उनको भनाइ छ ।

‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो। अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस्। तर, उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ।’, उनले भने ।

केही दिन यता मेयर बालेनले गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेका छन् ।