काठमाण्डु – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी रहेको छ । शनिबार बिहान ८ बजेदेखी सुरु भएको महाधिवेशनमा समूहगत छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
सचिव तामाङका अनुसार छलफलमा आएका सुझावहरूलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्ने छन् । उनले भने, ‘सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन् ।’
पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
१० समूह गठन गरी छलफल भएको र २० जना नेताले सहजीकरण गरेका छन् । महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको एमाले सचिव योगेश भट्टराईले बताए ।




प्रतिक्रिया