काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठकले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले सरकारको प्रभावकारी ढंगले काम गरेर परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको हो ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको उनको भनाइ छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार गठन हुने पनि चर्चा चलिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्नको लागि विश्वासको मत लिने तयारी गरेका हुन् । आफूले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसार सरकार गठन भएमा संसदको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रचण्डको मनशाय छ ।




प्रतिक्रिया