यी हुन् एमाले र कांग्रेसको भागमा परेका मन्त्रालय (सूचीसहित)

यी हुन् एमाले र कांग्रेसको भागमा परेका मन्त्रालय (सूचीसहित)

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ ।

जसअनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । साना दलको लागि महिला तथा बाल बालिका, श्रम तथा रोजगार,कृषि तथा पशुपन्छी विकास, युवा तथा खेलकूद मन्त्रालय राखिएकाे छ ।