डा. सुब्बाको नेतृत्वमा एमालेको १५ सदस्यीय निर्वाचन आयोग गठन

डा. सुब्बाको नेतृत्वमा एमालेको १५ सदस्यीय निर्वाचन आयोग गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले डा. विजय सुब्बाको नेतृत्वमा पार्टीको निर्वाचन आयोग गठन गरेको छ ।

आइतबार ललितपुरको सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मतले सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको जनाइएको छ ।

सदस्यमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कुन्साङ लामा, रीता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा विसी, सावित्रा निरौला, गेवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमप्रला गैरे रहेका छन् ।