काठमाण्डु-एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णयप्रति भइरहेको आलोचनाको विषयमा पनि बैठकमा छलफल हुनेछ ।




प्रतिक्रिया