सिन्धुपाल्चोक – नेकपा एमालेले मेलम्ची नगरपालिकाको नगर अधिवेशन कात्तिक १३ गते गर्ने भएको छ । गर अधिवेशन आयोजक कमिटीको बिहीबारको बैठकले कात्तिक १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । तर यता मेलम्चीमा भने नगर अधिवेशन चार दिन सर्ने जनाइएको छ । आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तीका कारण नगर अधिवेशन केही दिन पर सरेको एमालेका नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालले बताएका छन् ।




प्रतिक्रिया