एमाले नेत्रीद्वय विन्दा र उषाकिरणमाथिको कारबाही फुकुवा

एमाले नेत्रीद्वय विन्दा र उषाकिरणमाथिको कारबाही फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेना माथिको कारबाही फुकुवा गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सेनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दान गरेको जग्गाबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिएका पाण्डे र तिम्सेनामाथि पार्टीले ६ महिना निलम्बनको कारबाही गरेको थियो ।