एमाले केन्द्रीय कमिटी बैठक भदौ १३ गते आह्वान

एमाले केन्द्रीय कमिटी बैठक भदौ १३ गते आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले भदौ १३ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १०औं केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको छ । उनले बैठकमा महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने बताए ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश गर्नेछन् । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।

कार्यालय सचिव डा. अधिकारीले विधान संशोधन सम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गरिने र छलफलपछि पारित गरिने बताए । यसअघि नवौं केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २०–२२ गतेसम्म बस्नेछ ।