काठमाण्डु- नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्याङ्क अनुसार एमालेका पार्टी सदस्य सङ्ख्या ६ लाख ६२ हजार ९६१ रहेका छन् ।
जसमध्ये कोशीमा १ लाख १४ हजार ७१०, मधेशमा १ लाख ५६ हजार ४१, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२ सदस्य रहेका छन् ।
यस्तै, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७, सुदूरपश्चिममा ६३ हजार ११०, उपत्यका विशेष प्रदेश ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया