राहदानी रोक्काको निर्णयप्रति एमालेको गम्भीर आपत्ति

राहदानी रोक्काको निर्णयप्रति एमालेको गम्भीर आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनमा दमन गरेको आरोपमा छानबिनका लागि सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का राख्ने निर्णय गरेकोप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ ।

आईतबारको सचिवालय बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राहदानी रोक्का भएको भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाए ।

घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले राहदानी रोक्काको निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीले भने, ‘राहदानी रोक्काका लागि गरिएको सिफारिस गरिएको भनेर आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो गम्भीर आपत्ति छ ।’