काठमाण्डु – नेपाल बुद्धिजीवी परिषद्ले नेकपा एमालेलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ ।
जेनजी आन्दोलनपछि विकसित परिस्थितिको विश्लेषण गर्दै परिषद्ले पुराना नेताहरूले अभिभावकीय भूमिकामा रहेर नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएको हो । तत्कालै महाधिवेशन गर्न सम्भव नभएकाले आसन्न केन्द्रीय कमिटी बैठकबाटै यथाशीघ्र नेतृत्व हस्तान्तरणको निर्णय लिन परिषद्ले सुझाव दिएको छ ।
परिषद्को सचिवालय बैठक असोज १ गते बसी वर्तमान परिस्थितिमाथि निर्मम ढंगले समीक्षा गरेर पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।
सुझाव पत्रमा परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् भने अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको छ ।
सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’
यस्तो छ ३ पानाको सुझाव –




प्रतिक्रिया