एमाले सचिवालय बैठक सर्‍यो

एमाले सचिवालय बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण विपद् जोखिम भएपछि नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।

आईतबार बस्ने भनिएको पार्टीको ५८औं सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बताए ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज २७–२९ गतेसम्म काठमाण्डुमा बस्ने तय भएको छ । कार्यालय सचिव डा. अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।