काठमाण्डु – एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा अघि शुक्रबार काठमाण्डुमा युवा र्याली निकालेको छ ।
एनभीएफ घोषणाअघि एमालेनिकट युवाहरू र्याली निकालेकाा हुन् ।
उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन जी घाइतेहरू अवरोध पुर्याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् ।
बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ र २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।









प्रतिक्रिया