काठमाण्डु – नेकपा (एमाले)ले निर्वाचन आयोगमा दल गर्दा गरेको छ ।
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि मंगलबार निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।
एमालेको दल दर्ता नम्बर ६६ रहेको छ । एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले भने, ‘आज दल दर्ता गराएका छौं । ६६औं नम्बरमा दर्ता भएको छ ।’
आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ ।
विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले आजै सर्वोच्च अदालत पनि पुगेको छ । अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा ६६ दल दर्ता भइसकेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले मंगलबार नै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।
यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले पनि दल दर्ता गरेको छ । राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।




प्रतिक्रिया